बग्लानमा चार सुरक्षाकर्मीको मृत्यु

डिसी नेपाल
२८ असार २०७७ २०:५२

काबुल । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा शनिबार भएको झडपमा अफगान सुरक्षाफौजका कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उक्त घटनामा अरु १० सुरक्षाकर्मी घाइते भएका छन् ।

तालिबान समूहले चेसमाये शिर र बाघ–ए–शमाल क्षेत्रको बग्लान–समानगान राजमार्गमा अफगान सैनिक जाँच पोस्टमा आक्रमण गरेका थिए । भिडन्तका कारण राजमार्ग केही घण्टासम्म बन्द गरिनुका साथै चार वटा अफगान सेनाका बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

बग्लानस्थित एक सैनिक कमान्डरले तालिबान समूहको पनि ठूलै क्षति भएको दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *