बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति पूर्व राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

डिसी नेपाल
२९ असार २०७७ १८:३०

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण देशमा व्यापक जनधनको क्षति भएकोमा दुखित भएको बताएका छन्।

उनले यो शोकको अवस्थामा राहत तथा उद्धार कार्य गर्न पनि आव्हान गरेका छन्। उनले भनेका छन्, ‘विनासाको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस भन्ने मेरो आग्रह छ।’ उनले वर्षा याममा नेपालले सँधै जनधनको क्षति व्यहोर्नु परेको भन्दै जनधनको क्षति न्युनीकरण गर्नका लागि पर्याप्त ध्यान दिनुपर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *