सगुनको Story फिचर के हो? मानिसहरूले यसलाई कसरी प्रयोग गर्छन्?
वाशिङ्टन। मानिस जसरी भिन्न छन्, त्यसरी नै उनीहरुको काम, सोच, इच्छा, प्राथमिकता र जिज्ञासा पनि फरक फरक हुने गर्दछ। यही भिन्नताले बढाएको एकअर्काप्रतिको जिज्ञासालाई बुझ्न हामी अर्काको चित्र हेर्न, कथा सुन्न र ज्ञान लिन मनपराउछौं। दिमागमा बल्झेको र मनसँग जोडिएका धेरै त्यस्ता तीतामीठा यादहरु अरु संग बाड्न पाउँदा हामी साँच्चिकै खुसी हुन्छौ। त्यहि खुसीका लागि हामी हाम्रो धेरै समय सामाजिक संजालमा आफ्नो रुचिको विषय खोज्न र शेयर गर्न केन्द्रित हुने गरेका छौं। झन् कसैले आफ्नो ज्ञान र जिज्ञासाको तारिफ गरिदियो भने त भुइँमा खुट्टै रहँदैन ।
Sagoon (सगुन)को स्टोरी शेयर गर्न मिल्ने फिचरले हामीलाई यस्ता खुसि हुने अनेकौ मौका दिन्छ। Sagoon (सगुन)मा सरल तरिकाले आफ्नो रुचि, अनुभव, ज्ञान र कार्यक्रमहरु शेयर गर्न मिल्छ। लाखौ मानिसहरुले दैनिक रुपमा Sagoon (सगुन) मार्फत आफ्ना वरिपरि भैरहेका घटना, ज्ञान र अनुभव विश्वसँग बाँढ्ने गरेका छन्। Sagoon (सगुन)ले पनि प्रयोगकर्ताहरुलाई दैनिक जीवन, धर्म, राजनीति, खेलकुद, मनोरन्जन, स्वास्थ्य र तन्दुरूस्ती, हास्य र चुट्किला, विद्यार्थी जीवन, प्रेरणा, इत्यादि बिषयहरुको बारेमा जान्ने अवसर दिन्छ। Sagoon (सगुन)मा गरिने पोस्टहरु माथि दिईएका कुनै पनि विषय अन्तर्गत वा आफ्नो सर्कलभित्र मात्र राख्न सकिन्छ। हरेक पोस्टको आफ्नै कथा हुन्छ, जुन हरेक प्रयोगकर्ताले आफुलाई मनपर्ने रंग, फोटो वा भिडियोलाई पृष्ठभूमिमा राखेर शेयर गर्न सक्छन। यस्ता पोस्टमा आफ्ना साथी भाईहरुले हेर्ने र कमेन्ट गर्ने गर्दछन्। कुनै बिषय अन्तर्गत राखिएका पोस्टहरु भने आफ्नो सर्कल बाहेकका अरु प्रयोगकर्ताले पनि हेर्न र कमेन्ट गर्न सक्छन।
Sagoon (सगुन)ले दिएको एउटा अद्वितीय र धेरै उपयोगी “आफ्नो नाम लुकाएर वा अज्ञात रुपमा पोस्ट गर्न मिल्ने” फिचर धेरै मानिसहरु द्वारा रुचाइएको छ। यो फिचरले गर्दा प्रयोगकर्ताहरु कसैको पनि नकारात्मक विचारधाराबाट टाढा रहेर निर्धक्क साथ आफूलाई मन लागेका कथाहरु शेयर गर्न सक्छन् । यस्ता हजारौ कथाहरुले विशाल लोकप्रियता हासिल गर्छन् ।ती विश्वव्यापी प्रयोगकर्ताहरु माझ पुग्ने गरेका छन्।
यस्तै कथाहरु सरल र रोमाञ्चक ढंगमा शेयर गर्न मिल्ने Sagoon (सगुन) मा अब स्मार्ट क्वाइन पनि कमाउन सकिने फिचर सुरू भएकाे छ। तत्कालको लागि भने स्मार्ट क्वाइन पहिलो पटक Sagoon (सगुन)मा दर्ता गर्दा वा कोही नयाँ प्रयोगकर्तालाई रिफर गर्दा कमाउन सकिन्छ। कमाईएको स्मार्ट क्वाइन कूपन वा उपहार भाउचरहरू प्राप्त गर्न विभिन्न ब्यापारिक प्रतिस्ठानहरूसँग सगुनले सहकार्य गरेकाे छ । उक्त क्वाइन २५००० पुगेपछि माेवाइल रिचार्ज कार्ड किन्न, किनमेल गर्न खर्च गर्न सकिन्छ । यस बाहेक, तपाईं निश्चित अवसरहरूमा तपाईंको साथीहरू, परिवार वा आफन्तहरूलाई पनि स्मार्ट क्वाइन पठाउन सक्नुहुन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment