बाढी पहिरोको बितण्डाः ११ जनाको मृत्यु, १७ बेपत्ता
काठमाडौं। विगत केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सोमबारमात्र ११ जनाको मृत्यु भएको छ। म्याग्दीको धवलागिरीमा गएको पहिरोमा परी बेपत्ता भएका मध्ये सोमबार १ जनाको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ। म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
त्यहाँ अझै ४ जना बेपत्ता छन् भने ६ जना घाइते भएका छन्। पहिरोका जोखिममा रहेका केही स्थायीयवासीलाई सुक्षित स्थानमा सारिएको गृहमन्त्रालयले जनाएको छ।
यस्तै तनहुँमा सोमबार पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। अझै तनहुँमा २ जना बेपत्ता छन्। उता संखुवासभामा पहिरोमा परी ११ जना बेपत्ता भएका छन्। त्यहाँ ८२ घर परिवार विस्थापितसमेत भएको गृहमन्त्रालयले जनाएको छ।
पहिरोमा परी हराइरहेकाहरुको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। सोमबार लमजुङमा पनि पहिरोका कारण जोखिममा परेका ९ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment