युवकको बगेर मृत्यु

डिसी नेपाल
२९ असार २०७७ २१:०४

काठमाडौं । प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५, बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए। थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ।

पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ । होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो । केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *