महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ वडाध्यक्ष धरौटीमा रिहा
कञ्चनपुर। महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई सोमबार जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो।
अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment