पाल्पाको दोभानमा पहिरो खस्दा बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

डिसी नेपाल
३० असार २०७७ ८:०२

काठमाडौँ । लगातार परेको वर्षाका कारण पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा खसेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार, पहिरोसँगै ठूला–ठूला ढुँगा खसेकाले सोमबार (हिजो) बेलुकादेखि अवरुद्ध भएको सडक लगातारको वर्षाका कारण पहिरो पन्छाउन नसक्दा अहिलेसम्म पनि बन्द छ ।

सडक अबरुद्ध हुँदा सयौं सवारी साधनबीच बाटोमै रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *