भारतीय मिडियाले नेपाली हिरोइन नचिनेपछि…, प्रियंकालाई केकी, प्रितीलाई सृष्टि भनिदियो

डिसी नेपाल
३० असार २०७७ ९:५५

काठमाडौं। भारतको राष्ट्रिय स्तरको मिडियाले नेपाली हिरोइन नचिनेपछि अहिले त्यो चर्चाको विषय बनेको छ । राष्ट्रिय स्तरको एबीपी न्यूजले राखेको एक मनोरञ्जनसम्बन्धी समाचारमा नेपाली हिरोइनबारे कुरा छ । तर, त्यहाँ उसले नेपाली हिरोइनहरुबारे गम्भीर गल्ती गरेको छ ।

समाचारमा नेपाली हिरोइनहरु निकै सुन्दर भएको उल्लेख गर्दै उनीहरुको तस्वीर पोस्ट गरिएको छ । ५ हिरोइनबारे लेखिएको समाचारमा ३ जना हिरोइनको मात्र फोटो सही छ । बाँकी २ जना हिरोइनको नाम अर्कै र फोटो अर्कै राखिएको छ ।

समाचारमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, जसिता गुरुङ, नम्रता श्रेष्ठ र केकी अधिकारीको बारेमा लेखिएको छ । तर फोटो भने साम्राज्ञी, जसिता र नम्रताको मात्र सही छ । सृष्टि श्रेष्ठ भनेर पूर्व मिस नेपाल प्रिती सिटौलाको फोटो राखिएको छ भने केकी अधिकारी भनेर प्रियंका कार्कीको फोटो राखिएको छ । एबीपी न्यूजको पोस्टको स्क्रिनसट तल हेर्नुहोस् वा एबीपी न्यूजकै वेबसाइटमा पोस्ट पढ्न यहाँ क्लिक गर्नुहोस्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *