आज घट्यो सुनको भाउ, महँगियो चाँदी

डिसी नेपाल
३० असार २०७७ ११:४०

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको भाउ थोरै घटेको छ।

सोमबार प्रतितोला २ सय रुपैयाँ बढेको सुन आज त्यसको आधा एक सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला ९९५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल प्रतितोला ९२ हजार ३ सय, तेजावी सुन ९१ हजार ८६५ रुपैयाँ र चाँदी ९९० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणसँगै विश्व बजारमा सुनचाँदी र विदेशी मुद्राको भाउमा भारी उतारचढाब आइरहेकाले नेपालमा सुनको मूल्यमा पनि निकै उतारचढाब आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *