राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको प्रष्टिकरण  

डिसी नेपाल
३० असार २०७७ १८:३८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम जन्मभूमिबारे दिएको अभिव्यक्तिले विवादको रुप लिन थालेपछि परराष्ट्रमन्त्रालयले यो विषयमा प्रष्टिकरण दिएको छ। मंगलबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ओलीको टिप्पणी कुनै राजनीतिसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्याउने उद्देश्यले नभएको बताएको छ।

मन्त्रालयले राम जन्मभूमिबारे चलिरहेको विभिन्न मिथकबारे पनि बहस हुनुपर्ने उद्देश्यले प्रधानमन्त्रीको भनाई आएको बताएको छ। प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भगवना रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्च पश्चिमको ठोरीमा भएको बताएका थिए। प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएपछि नेपालमा र भारतमा पनि तिब्र प्रतिक्रिया आएपछि परराष्ट्रमन्त्रालयले प्रतिष्टकरण दिएको हो।

परराष्ट्रले रामको जन्म भारतमै भएको घुमाउरो ढंगले स्वीकार गर्दै नेपाल र भारतबीच भएको २०१८ मा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट शिलान्यास गरेको स्मरण गराएको छ। साथै भारतबाट हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरमा भारतीय जन्ती आउने परम्परा मनाउँदै आइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *