मेलम्चीको सुरुङ भत्केपछि सिन्धुपाल्चोकका सांसदले भनेः अब क्षमा पूजा गर्नुपर्छ

डिसी नेपाल
३० असार २०७७ २३:२५

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालदा मंगलबार सुरुङ भत्कियो। जसमा दुईजनाको मृत्यु भयो भने दुईजना हराइरहेका छन्। अन्य दुईजना घाइते छन्।

परीक्षणकै क्रममा सुरुङ भत्किएपछि फेरि सरकारले दिएको समयसीमामा काठमाडौंवासीले मेलम्चीको पानी पाउने सम्भावना घट्दै गएको छ।

उता मंगलबार सुरुङ भत्किएपछि सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सांसद नेकपा नेता शेरबहादुर तामाङले ४ वटा प्रश्न उठाएका छन्। उनले हताहतार परीक्षणका लागि स्थानीय जनप्रतिनिधि कसैलाई थाहै नदिई सुरुङमा पानी हालिएको भन्दै निर्माणको गुणस्तरमै प्रश्न उठाएका छन्।

उनले निर्माणको गुणस्तरबारे स्वतन्त्र छानविन हुनुपर्ने बताएका छन्। यस्तै राष्ट्रिय गौरवको आयोजना निर्माण ढिलाई हुँदा लागत बढ्ने र जनताले विश्वास पनि नगर्ने भन्दै यस्ता परियोजना समयमै निर्माण सम्पन्न गर्न आवश्यक नीति परिवर्तन गर्नुपर्ने बताएका छन्।

सांसद तामाङले परियोजना शुरु गर्दा कालो बोका काटिएको भन्दै हेलम्बु क्षेत्र धार्मिक क्षेत्र भएको र सो क्षेत्रमा बलि निषेध गएिकाले भगवान रिसायर पनि दुर्घटना भएको हुन सक्ने बताएका छन्। उनले अब क्षमा पूजा गर्नुपर्नेसमेत सुझाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *