अन्तर बैंक एटिएम र अनलाईन कारोबारमा शुल्क लाग्ने

डिसी नेपाल
३१ असार २०७७ १७:१८

काठमाडौं । सरकारले कोरोना संक्रमण रोक्न गरिएको लकडाउन गरिएसँगै निशुल्क गरिएको अन्तर बैंक एटीएम र अनलाईन कारोबारमा अब शुल्क लाग्ने भएको छ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एशोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सम्वन्धित बैंक तथा वित्तीय संस्थालाई जिम्मा दिइएको जनाएको छ। अब साउन १ गतेबाट शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई अधिकार दिइएको छ ।

यसैगरी नेपाल क्लियरिङ हाउसले दिने अन्तर बैंक भुक्तानी सेवामा पनि उसले शुल्क निर्धारण गर्नेसक्नेछ । अन्तर बैंक कारोबारमा शुल्क लिन नपाउँदा बैंकहरुको आम्दानीमा असर गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *