पर्यटन तथा होटल सम्बध श्रमिकहरु आन्दोलित

डिसी नेपाल
३१ असार २०७७ १८:३०

काठमाडौं। होटलमा काम गर्ने श्रमिकहरुले होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशिल केन्द्रीय ट्रेड युनियन संघहरुबीच भएको सामूहिक संम्झौताको विरोध गरेका छन्। बुधबार होटल संघ नेपाल (हान)को कार्यलय अगाडी श्रमिकहरुले नाजाबाजी गर्दै सम्झौताको विरोध गरेका हुन्।

होटल संघ नेपाल (हान)ले र ट्रेडयुनियनले गरेको सम्झौताले वास्तविक श्रमिकलाई नसमेटेको उनीहरुको आरोप छ। उनीहरुले वास्तविक श्रमिकहरु मर्कामा परेको गुनासो गरेका छन्।

यसअघि, असार २८ गते होटल संघको अध्यक्ष सृजना राणा र तीनवटा ट्रेड युनियनका पदाधिकारीबीच ६ बुँदे सम्झौता भएको थियो।

नेपाल पर्यटन तथा होटल सम्बध श्रमिक संघका महासचिव महेशराज जोशीले सम्झौतामा श्रमिकहरुको रोजगारीको ग्यारेण्टी नगरिएकाले पनि आन्दोलन गर्न बाध्य भएको बताएका छन्। उनले भने, ‘लकडाउनसम्म सरकारले गरेको निर्णयको पनि कार्यान्वयन र पालना गरिएन बरु श्रमिकहरुलाई अफ्ठेरो पर्ने खालको सम्झौता गरियो।’

उनले सम्झौता मान्दैनौं भन्दा जागिरबाट निकालिदिने भन्दै धम्क्याएको आरोप लगाए। उनले भने, ‘केही होटलमा काम गरिरहेका श्रमिकहरुलाई सम्झौता नमाने जागिरबाट निकालिदिने समेतका धम्कि दिने गरिएको छ। हामीले वैशाखदेखि नै तलव पाएका छैनौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *