ब्यालेष्टिक मिसाइलविरुद्ध हेग आचारसंहिताको नेपाल पक्ष राष्ट्र बन्ने निर्णय

डिसी नेपाल
१ साउन २०७७ १२:४०

काठमाडौं । नेपाल सरकारले ब्यालेष्टिक मिसइल प्रसारविरुद्धको हेग आचार संहिताको नेपाल सब्स्क्राइविङ्ग राष्«ट बन्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को असार २९ गते सोमबारको बैठकले सो निर्णय गरेको हो।

राजनीतिक र कुटनीतिकरुपमा विश्व शान्तिको प्रतिबद्धता व्यक्त गर्न र निशस्त्रीकरणमा योगदान गर्नका लागि विश्वमा ऐक्यबद्धता जनाउन तथा विश्वमा हतियारको हेडबाजी अन्त्य गर्नको लागि ब्यालेष्टिक मिसाइलबिरुद्ध हेग आचारसंहिता जारी भएकाले सो आचारसंहिताको सब्सक्राइविंग राष्ट्र बन्ने निर्णय गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

हालसम्म विश्वका १४० देशहरु सो आचारसंहिताको सब्सक्राइविंग स्टेट बनिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *