ब्रिटिस आर्मी हुँ भन्दै महिला साथी बनाएर ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीइ प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सनकोशी गाउँपालिका–८, घर भएका दिपक मोक्तान भनिने ३३ वर्षिया दिपक लामालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
सामाजिक संजाल फेसबुकमा दिपक मोक्तान नामको फेसबुक आईडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्क बिहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर चोकबाट उनलाई पक्राउ गरेको हो ।
धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment