सिद्धान्त विपरित कामगर्ने लेखापरीक्षकलाई कारवाही गर्न अर्थमन्त्रीको निर्देशन

डिसी नेपाल
१ साउन २०७७ १९:१२

काठमाडौं। अर्थमन्त्री डा.युवराज खतिवडाले लेखाका सिद्धान्त विपरीत काम गर्ने लेखापरिक्षकलाई कारवाहि गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)लाई निर्देशनदिएका छन् । आइक्यानले गलत काम गर्ने लेखापरीक्षकहरुलाई कारवाही नगरेको टिप्पणी बढ्दै गएपछि अथमन्त्रीले कारवाहीलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

आईक्यान नेपालमा लेखापरीक्षकको शिक्षा संचालन गर्ने, लाइसेन्स दिने र लेखापरीक्षकलाई नियमन गर्ने अर्धन्यायिक संस्था हो । संस्थाको अध्यक्ष र उपाध्यक्ष लेखापरीक्षकबाटै निर्वाचित भएर आउने भएकाले उनीहरुले गलत काम गर्ने लेखापरीक्षकलाई कारवाहीबाट जोगाउने गरेको आरोप लाग्दै आएको छ ।

आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सदस्यताम ाआधारित संगठन संरचना भएको नियमनकारी भूमिकालाई थप व्यवस्थित र पारदर्शी बनाउन आग्रह गरे । ‘निष्पक्ष छानबिन गर्ने, दोहोरो भूमिका नभइ काम गर्ने सक्ने वातावरण निर्माण गर्ने र लेखाका सिद्धान्त विपरीत काम गर्नेलाई कारबाही गर्ने गरी आइक्यान अघि बढ्नुपर्छ’ उनले भने, ‘सिद्धान्त विपरीत काम गर्नेमाथि कारबाही गर्ने बेलामा दण्डहीनताको अवस्था आउनु हुँदैन ।’ नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने र यस्ता निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल सरकार र महालेखापरीक्षकको कार्यालयसँग अत्यन्त राम्रो सम्बन्ध राखेर अघि बढ्न आईक्यानलाई सुझाव दिए । अबको समयमा धेरै काम भर्चुअल र अनलाइन प्रणालीबाट हुने भएकाले त्यसतर्फ सचेत हुन पनि उनको आग्रह थियो ।

आईक्यानका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले आफ्नो नेतृत्वको कार्यकालमा संस्था सुधारका लागि धेरै प्रयास र पहल गरेको बताए । ‘नियमनकारी भूमिकालाई अझै पारदर्शीरूपमा अघि बढाउने गरी अघि बढ्न खोजेका छौँ, यो सबै विना संस्थागत विकास विना संभव थिएन,’ उनले भने, ’संस्थागत सुधार र नियमनकारी भूमिका बढाउन अध्ययन गरेका छौँ, आईक्यानलाई वास्तवमै सेन्टर फर एक्सिलेन्स बनाउनका लागि हामीले महत्वपूर्ण काम अघि बढाएका छौं ।’

आईक्यानका नवनिवर्चित अध्यक्ष मदनकृष्ण शर्माले यसअघि शुरु भएका संस्थागत सुधारका कामलाई निरन्तरता दिई अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘हाल प्रगतिमा रहेका कार्यकालाई निरन्तरता दिँदै अघि बढ्नेछौँ,’ उनले भने, ‘लेखापरीक्षण व्यवसायलाई व्यवस्थित बनाउन अडिट फर्मको मापदण्ड तोक्ने र लेखापरीक्षण शुल्क निर्धारण गर्नुपर्ने आवश्यकता देखिएको छ।’

आईक्यानले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने कम्पनी तथा संघ संस्थाहरूलाई पुरस्कृत गरेको छ। सम्मानित हुने संस्थाहरुमा बैंकिङ क्षेत्र अन्तर्गत स्टान्डर्ड चाटर्ड बैंक, वित्तीय क्षेत्र अन्तर्गत मुक्तिनाथ विकास बैंक, छन् । त्यस्तै उत्पादनमुलक क्षेत्र अन्तर्गत चिलिमे हाईड्रोपावर प्रथम, बोट्लर्स नेपालले दोस्रो स्थानप्राप्त गरेको छ । अन्य क्षेत्र अन्र्तगत नेपाल क्लियरिङ हाउसले प्रथम स्थानर कर्जा सूचना केन्द्रले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । विजेता तथा उप–विजेतालाई महालेखा परीक्षक टंकमणि शर्मा दंगालले पूरस्कार वितरण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *