प्रदेश सरकारद्धारा किसानलाई कोभिड–१९ विशेष अनुदान वितरण

डिसी नेपाल
२ साउन २०७७ २१:५४

बुटवल। प्रदेश नं ५ सरकारले कृषि क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई राहत पु¥याउन तथा कृषि उत्पादन प्रवद्र्धनमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई प्रत्यक्ष राहत पुग्नेगरेर अनुदान वितरण गरेको छ ।

प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्र्तगत शुक्रबार रु १२ करोड ५० लाख अनुदान वितरण गरेको छ ।

प्रदेशको कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरेर कुल रु १२ करोड १० लाख ९७ हजार १३४ अनुदानको रुपमा बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान प्रदान गरेको हो ।

प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवद्र्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलार्ई रु सात करोड ४८ लाख ६६ हजार ७४ प्रदान गरिएको छ । यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष गरेर १४ हजार ६६९ दुग्ध उत्पादन तथा वितरक किसान लाभान्वित भएका मन्त्रालयले जनाएको छ ।

यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई रु ४५ लाख पाँच हजार ३५० वितरण गरिएको र यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन् । कोभिड विशेष कृषि कार्यक्रमअन्र्तगत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत रु। दुई करोड ७८ लाख एक हजार दुई सय उपलब्ध गराइएको छ । यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष गरि २९ हजार १५६ कृषक लाभान्वित भएका छन् । कुखुरातर्फ रु एक करोड १८ लाख २८ हजार गरी २२४ परिवार लाभान्वित भएका छन् ।

प्रदेश सरकारले उत्पादन प्रवद्र्धनमा आधारित र कोभिड विशेष अनुदान कार्यक्रममा गरेर जम्मा रु ११ करोड ७४ लाख नौ हजार १३४ नगद अनुदान प्रदान गरेको मन्त्रालयले जनाएको छ । सरकारले दुग्ध कृषकका लागि उत्पादनमा आधारित रकम प्रति लिटर रु। दुई र कोभिड–१९ का लागि प्रति लिटर रु १० उपलब्ध गराएको छ ।

यस्तै प्रदेशको कृषि विकास निर्देशनालयले कोभिड–१९ विशेष कार्यक्रमअन्र्तगत रु। ३६ लाख ८८ हजार किसानलाई बिज वृद्धि र सामग्री खरिदमा अनुदान सहयोग प्रदान गरेको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले किसान समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गरे।

कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार यसबाट कुल २७३ किसान लाभांवित भएका छन् । अनुदान बाट पाँच हजार ८८४ किसान लभांवित भएका छन । मन्त्री पौडेलले कोभिड–१९ का कारण रोजगारी गुमाएर बसेका व्यक्तिका लागि कामगर्ने विशेष अवसर रहेको बताए।

प्रदेश सभा कृषि वन वातावरण समितिका सभापती विजयबहादुर यादवले किसानलाई राहत वितरण गर्दा एकरुपता अपनाउन आग्रह गरे। पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १४ स्थित चन्द्रोदय दुग्ध उत्पादक संघका अध्यक्ष पुर्ण प्रसाद तिमल्सेनाले अनुदान रकमको चेक प्राप्त गरेपछि कोभिड–१९ प्रभावित कृषकलाई राहत मिलेको बताए।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १५ स्थित साना किसान कृषि सहकारीका अध्यक्ष गोपाल पौडेलले कोभिडका कारण दुग्ध कृषकले उत्पादन पनि कमि आएको र लागत बढेको बताए। उनले सरकारले उपलब्ध गराएको राहतले किसानमा उत्साह थपेको बताए। राहत रकम कृषक समूहमार्फत किसानलाई उपलब्ध गराइएको छ । कृषक समूहले उक्त रकम कृषकको बैंक खातामा उपलब्ध गराइ कृषि विकास निर्देशनालयमा भौचर उपलब्ध गराउनुपर्ने नियम रहेको छ । यसबाट किसानले प्रत्यक्ष रकम पाएको पारदर्शि हुने साना किसान सहकारीका अध्यक्ष पौडेलले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *