गाउँपालिकाको बजेट कार्यकर्तामुखी भएको भनी विरोध

डिसी नेपाल
४ साउन २०७७ १२:१८

बझाङ । जिल्लाको थलारा गाउँपालिकामा यस वर्षको बजेट वितरणप्रति विरोध भएको छ। गाउँपालिकाका नेपाली काँग्रेस पार्टीबाट जननिर्वाचित प्रतिनिधिसहित काँग्रेससमर्थक जनताले विरोध गरेका हुन्। काँग्रेस समर्थित जनप्रतिनिधिले गाउँसभामा आफ्नो कुराको सुनुवाइ नभएपछि दबाबका लागि पार्टीको साथ लिएर कार्यालयमा विरोध जनाइएको बताएका छन्।

थलारा–२ का वडाध्यक्ष हेम खड्काले काँग्रेसबाट निर्वाचित सदस्यको बेवास्ता गर्दै आफूखुशी मनोमानी ढङ्गले कार्यकर्ता र आफ्ना मान्छेलाई मात्र योजना वितरण गरिएको आरोप लगाए। गत असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले बजेट भने असारको अन्त्यमा आएर मात्र प्रस्तुत गरेको थियो। नौ वडा रहेको गाउँपालिकामा प्रत्येक वडामा ४० लाख बजेट दामासाहीले छुट्याइएको र अन्य सबै बजेट गाउँपालिका अध्यक्षलगायत अन्य प्रतिनिधिले गुपचुप रुपमा बाँडफाँट गरेको काँग्रेस समर्थित जनप्रतिनिधिले आरोप लगाएका छन्।

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले विकास बजेट ११ करोड जति भएको, यसमा २ करोड जति म्याचिङ फन्ड गएको तथा बाँकी ४०÷४० लाख वडालाई विनियोजन गरी विषयगत शाखालाई बजेट राख्दा ठीकै भएको बताए। उनले भने, ‘काँग्रेस समर्थित जनप्रतिनिधि साथीहरुको वडामा १ करोड बजेट दिनुप¥यो भन्ने माग थियो । साथै विषयगत शाखाको बजेट पनि वडामै दिनुपर्ने र म्याचिङ फन्ड कम गर्नुपर्ने माग छ ।’ यो हुन नसकेपछि उनीहरुले विरोध गरेको अध्यक्ष उपाध्यायले बताए।

आफूले स्थानीय सरकार प्रमुखको हैसियतले सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिएको बताउँदै उपाध्यायले भ्रष्टाचार र भ्रष्टाचारजन्य कार्य गरे कसैलाई क्षम्य नहुने दृढता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *