नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

डिसी नेपाल
७ साउन २०७७ ७:३३

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो।

ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। राति करिब ८ः४५ बजे पहिरो खसेको हो। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए। उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका थिए।

राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए। केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *