रञ्जन कोइरालाबारे सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता
फाइल फाेटाे।
काठमाडौं। श्रीमती हत्या आरोपण प्रमाणित भइ सजाय काटेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय अवधि घटनाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार पुनरावलोकन निवेदन दर्ता भएको छ। महान्यायधिवक्ताको कार्यालयले बिहीबार पुनरावेदन निवेदन दर्ता गराएको हो।
महान्याधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले न्याय प्रशासन ऐनको दफा ११ को व्यवस्थाअनुसार पुनरावलोकन निवेदन दर्ता गराइएको जानकारी दिए। सर्वोच्चले कोइरालाको जेल सजाय अवधि घटाउने फैसलामा चित्त नबुझेपछि पुनरावलोकन निवेदन दर्ता गरिएको हो।
महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता रेग्मीले यसअघि सर्वोच्च अदालतले विभिन्न फैसलामा प्रतिवादन गरेका नजिरको आधारमा सजाय घटाउने फैसला तर्कपूर्ण नभएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरिएको जानकारी दिए।
कोइराला सर्वोच्चले जेल सजायको अवधि घटाइदिएपछि बिहीबार नै कारागार मुक्त भएका छन्। सर्वोच्चको यो सजाय अवधि घटाउने फैसलाको आलोचना भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment