काठमाडौंबाट लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाहीको मलङ्गवाका सुजन रायमाझी र ललितपुरको बागडोलका ५१ वर्षीय सविन श्रेष्ठलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment