नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित काठमाडौंबाट पक्राउ

डिसी नेपाल
१८ साउन २०८३ २१:५७

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि (आईटी) अधिकृत विरेन्द्र तामाङ सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, योजनाको भुक्तानी प्रक्रिया सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ बापत रकम माग गर्दै बार्गेनिङ गर्ने तथा विभिन्न बहानामा अनावश्यक दुःख दिने गरेको उजुरीको आधारमा आयोगले उनको निगरानी बढाएको थियो।

सोही अनुसन्धानको क्रममा अधिकृत तामाङले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिँदै गर्दा सोमबार काठमाडौं महानगरपालिका–१६, बालाजुबाट पक्राउ परेका हुन्।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङको साथबाट घुसबापत लिएको एक लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको थप ५ हजार रुपैयाँ समेत बरामद गरिएको छ। आयोगले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *