बाबुरामको मागः प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउँ

डिसी नेपाल
९ साउन २०७७ १०:२२

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउनु पर्ने बताएका छन्। भट्टराईले शुक्रबार ट्विट गर्दै ‘अपराधका संरक्षक’ भन्दै प्रधानन्यायाधीश राणालाई महाअधियोग लगाउनु पर्ने बताएका हुन्।

प्रधानन्यायधीश राणासहितको इजलासले हालै श्रीमती हत्या आरोपमा सर्वस्वसहित जन्म कैद पाएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद सजाय अवधि घटाइदिएको थियो। सर्वोच्चको सोही फैसलापछि कोइराला बिहीबार जेलमुक्त भइसकेका छन्।

सर्वोच्चको यो फैसलाको चौतर्फी आलोचना भएको छ भने प्रधानन्यायधीश राणा विवादमा तानिएका छन्। उता सरकारले पनि सर्वोच्चको यो फैसलालाई त्रुटिपूर्ण भनेको छ। सरकारले महान्यायधिवक्ताको कार्यालयमार्फत सो फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराई सकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *