गाडीमा घुसको रकम लुकाएका डीएफओका श्रीमान–श्रीमतीको अख्तियार टोलीसँग जम्काभेट

डिसी नेपाल
९ साउन २०७७ २०:०२

काठमाडौं। स्रोत नखुलेको रकमसहित एकजना जिल्ला बन अधिकृत र उनकी श्रीमती पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डीएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको पाँच लाख त्रिपन्न हजार रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहले घुस वापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना पाएपछि अख्तियारको टोलीले उनको पिछा गरेको थियो। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले बा.२झ. ४१० नम्बरको सोही कार्यालयको सवारी साधनमा लुकाई छिपाई राखेको अवस्थामा पाँच लाख त्रिपन्न हजार फेलापारी कोशी गाउँपालिका वडा नं ८ सुनसरीबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *