काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पार्टीबाट निष्काशित

डिसी नेपाल
१० साउन २०७७ २०:१५

काठमाडौं। नेपाली काँग्रेसले आफ्ना पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निष्कासित गरेको छ। काँग्रेस अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहेन गरि निष्कासित गरेको नेपाली काँग्रेसले जनाएको छ।

२०७४ को आम निर्वाचनमा तनहुँका नेता जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेदवारी दिएका थिए। जसका कारण पौडेल पराजित बन्न पुगेका थिए। जोशीले पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विद्रोही भएको भन्दै कारबाही गरिएको हो।

यस्तै भिष्मराज आङदाम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका पार्टी सचिब रामबहादुर बिस्टलाई पनि तीन वर्षका लागि पार्टीबाट निस्कासन गगरेको छ। यस्तै कैलालीका नेता पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि पार्टीबाट निस्कासित गरिएको काँग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *