विश्वभर कोरोना : संक्रमितको संख्या १ करोड ६२ लाख बढी

डिसी नेपाल
११ साउन २०७७ ९:३७

काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ८ सय बढी पुगेको छ। कोरोनाका बारेमा जानकारी दिए ‘वर्ल्डो मिटर’का अनुसार विश्वका २ सय १५ देशका १ करोड ६२लाख बढी जनता कोरोनाको चपेटामा परेका छन्।

यस्तै, ६ लाख ४८ हजार ४ सय बढीको मृत्यु भइसकेको छ भने ९९ लाख १३ हजार २ सय बढी मानिस कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ४३ लाख १५ हजार ७ सय बढी र सबैभन्दा कम एन्गुइलामा ३ जना कोरोनाका संक्रमित भेटिएका छन्।

यस्तै, अमेरिकामा १ लाख ४९ हजार ३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। २० लाख ६१ हजार ६ सय बढी कोरोना संक्रमित निको भएर घर फर्कि सकेका छन्।

यस्तै, ब्राजिलमा २३ लाख ९६ हजार ४ सय बढी संक्रमित, ८६ हजार ४ सय बढीको मृत्यु र १६ लाख १७ हजार ४ सय बढीले कोरोना जितेका छन्।

नेपालको छिमेकी भारतमा कोरोना संक्रमितको संख्या दिन दिनै बढिरहेको छ। हालसम्म १३ लाख ८५ हजार ४ सय बढी कोरोना संक्रमित रहेका छन् भने ३२ हजारले ज्यान गुमाएका छन्। यस्तै, ८ लाख ८६ हजार २ सय बढीले कोरोना जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *