‘हामी पार्टी फुट्न दिँदैनौँ’
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्य पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गरे। नेता पौडेलले नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्दै पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताए।
युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उनको भनाइ छ । उनले भने, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुत बनाउन छलफलमा निरन्तर लागिपर्नुभएको छ ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment