काठमाडौँका प्रयोगकर्तालाई सगुनले औषधी र खाद्यान्न फ्री डेलिभरी गर्ने

डिसी नेपाल
११ साउन २०७७ २२:५९

काठमाडौं। कोरोनाको कारणले सारा संसार लकडाउनमा छ। हामीलाई थाहा छैन, यो सङ्कटले कुन रुप लिन्छ वा कसरी टर्छ। हामीलाई के थाहा छ भने सामाजिक दुरीले यस्तो संकटबाट पार पाउन सकिन्छ। सामाजिक दुरी कायम राख्दा आफन्तहरुसँग कसरी जोडिइरहने ? सगुन एउटा नेपाली पहिलो सोसल मिडिया एप हो। यसको उद्देश्य साथीभाई र परिवारसँग मेलमिलाप र ज्ञान आदानप्रदान गराउनु हो। कोरोना भाइरसको संकटबाट आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न सगुनले केहि महत्वपूर्ण कदम चालेको छ।

सगुनले काठमाडौं उपत्यकामा खाद्यान्न र औषधि “निःशुल्क डेलिभरी सेवा” उपलब्ध गराउन Nepmeds Vegmandu संग साझेदारीमा सुरु गरेको छ। एस प्रकारको सुविधाले सगुनका प्रयोगकर्ताहरुलाई घरमै बसी अत्यावश्यक सेवा पुर्याउने छ।

Nepmeds एक अनलाइन फार्मेसी हो, यसले स्वास्थ्य र चिकित्सा सम्बन्धि सेवा प्रदान गर्दछ । Vegmandu भने ईकमर्स साइट हो, यसले ताजा फलफुल र तरकारी घरघरमै पुर्याउँ छ । सगुनको स्मार्ट क्वाइन वा गिफ्ट कुपन प्रयोग गरेर यी दुवै अनलाइन माध्यमहरुमा किनमेल गर्न सकिन्छ। यसरी किनेको सामग्री ती अनलाइनले निःशुल्क डेलिभरी गर्छन् । सगुनबाट अडर गर्दा अडर कोड र भाउचर कोड दिएपछि यो सेवा निशुल्क लिन सकिन्छ ।

सगुनले Nepmeds Vegmandu को वितरण शुल्क आफैं तिर्ने गरेको छ । यसले गर्दा सगुनका प्रयोगकर्ताहरुले यो सुविधा निसंकोच रुपले प्रयोग गर्न पाएका छन्। सगुनले आफ्ना प्रयोगकर्ताका लागि ल्याएको यो सुविधाले यस्तो संकटको समयामा धेरै राहत पुर्याएको सगुनका प्रयोगकर्ताहरु बताउछन् ।

सगुन अमेरिका, नेपाल र भारतमा रेजिस्टर भई संचालनमा आएको सोसल मेडिय कम्पनी हो ।

सगुनमा प्रयोगकर्ताको sing-up गर्ने क्रम बढ्दो छ। दैनिक ५०,००० भन्दा बडी प्रयोगकर्ताहरु सगुनमा sing-up गरिरहेका छन्। अहिले सम्म लगभग ४ अर्ब १७ करोड स्मार्ट कोइन प्रयोगकर्ताहरुले कमाइसकेका छन् भने ७४ करोडको स्मार्ट कोइन किनमेलका लागि प्रयोग भैसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *