प्रदेश नं १ मा २३ जना सङ्क्रमित

डिसी नेपाल
१२ साउन २०७७ १९:२९

विराटनगर। प्रदेश नं १ मा सोमबार २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जनामा सङक्रमण देखिएको छ ।

यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *