झापाको दशगजाबाट चारलाख मूल्य बराबरको सुपारी बरामद

डिसी नेपाल
१२ साउन २०७७ २२:२७

काठमाडौं। झापा प्रहरीले रजश्व छली गरि भारततर्फ लैजान लागेको एक हजार चार सत्तरी किलो सुपारी बरामद गरेको छ। सोमबार विहान सबेरै सुपारी तस्करहरुले दशगाज क्षेत्रबाट अवैध तरीकाले निकासी गर्न लागेको सुपारी बरामद गरी मेची भन्सार कार्यालयमा बुझाएको हो ।

झापाका एसपी कृष्ण कोइरालका अनुसार झापा मेचीनगर नगरपालिका वडा नं ४ प्रसादगौँडास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट सो सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएको अवस्थामा करिब चार लाख एकचालिस हजार मूल्य बराबरको सुपारी बरामद गरेको थियो ।

एसपी कोइरालका अनुसार सुपारी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको छ । सुपारी साहु भने फरार रहेको प्रहरीले जनाएको छ । झापा लगायतका पूर्वका जिल्लाबाट अवैध तरीकाले सुपारी भारततर्फ निकासी हुँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *