सुनचाँदीको मूल्य निरन्तर उकालाे
काठमाडौं। कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा मंगलबार पनि अप्रत्याशितरूपमा बढेको छ। गत शुक्रबार प्रतितोला ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार दुई हजार ४०० ले वृद्धि भएको छ। आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९७ हजार ७६० निर्धारण गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार एक तोला चाँदीको मूल्य एक हजार २४५ कायम भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment