जापानमा कागजात किर्ते गरेको आरोपमा २ जना नेपालीसहित तीन पक्राउ

ज्याक खड्का
१३ साउन २०७७ १४:०१

टाेकियाे। जापानमा बस्ने अनुमति पत्रको लागि नक्कली कागजपत्र बनाएर कितेृ गरेको आरोपमा २ नेपालीसहित तीन जना पक्राउ परेकाछन् । पक्राउ परेकादुई नेपालीले चिनेको कम्पनीले आफूलाई काममा राखेको नाटक गर्दै किर्ते कागजात बनाएर त्यहाँ बस्ने अनुमतिपत्रको अवधि बढाएका थिए ।

उनीहरुलाई सहयोग गर्ने ५७ वर्षका जुनिचि सिया नामका एक जापानी पनि पक्राउ परेका छन् । उनले त्यहाँ विवाहित नेपाली व्यक्तिको रुपमा नाटक गरेर बसिरहेको र एउटा घरको जाँच गर्ने क्रममा त्यहाँ बस्ने नेपालीको नाम को सूची भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जापानी मिडियाले जनाएका छन् ।

आफूलाई सल्लाहकार दाबी गर्ने ती व्यक्तिले गलत कागजात बनाएर टोकियो इमिग्रेसनबाट भिषा दिलाएको आरोप छ । घटनामा पक्राउ परेका नेपालीहरुको विवरणहरु सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *