नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन

डिसी नेपाल
१५ साउन २०७७ १८:५९

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता देवी गिरी सदस्य छन्। समितिलाई नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार केही नेटवर्किङ व्यवसायलाई अनुमति दिएको छ । नेटवर्किङ व्यवसायका कानूनी हैसियतका बारेमा प्रश्न उठेपछि समितिले वास्तविकता पत्ता लगाउन उपसमित गठन गरेको हो । नेटवर्किङ व्यवसायको नाममा फेरि पनि उपभोक्ता ठगिन सक्ने सम्भावना बढेको सरोकारवालाले जिकिर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *