माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

डिसी नेपाल
१५ साउन २०७७ २२:०१

वासिङ्टन डिसी । प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् ।

यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्त्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ ।

नयाँ एपका प्रयोगकर्ताहरुलाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, हानी न्युनिकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *