चाँदीकाे मूल्य घट्याे, सुनको मूल्य ताेलाकाे लाख नजिक

डिसी नेपाल
१६ साउन २०७७ १२:१०

काठमाडौं। कोभिड –१९ को माहामारीका कारण अन्तर्राष्ट्रिय बजारमा स्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि बढेको छ। बिहीबार प्रतितोला ९९ हजारमा कारोबार भएको पहेलो धातु आज ३ सय रुपैयाँले वुद्धि भएको हो।

आज बजार खुल्ने बित्तिकै प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८ सय ६५ निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार चाँदी २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *