मिलन चाम्सको निर्देशनमा बनेको ‘बल्ल बल्ल भेट भो’ सार्वजनिक

डिसी नेपाल
१६ साउन २०७७ १७:४४

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि चलेका कलाकारहरु म्युजिक भिडियोमा ब्यस्त नै छन् । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित एक म्युजिक भिडियो शुक्रबार मात्रै सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार ‘बल्ल बल्ल भेट भो’बोलको म्युजिक भिडियामा अभिनेता दयाहाङले निरञ्जली लामासंग कम्मर मर्काएका छन् । साथमा क्षितिज सुवेदीलाई भिडियोमा हेर्न सकिन्छ । दीपक शर्माको शब्द र संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा धुलिखेलको मनोरम दृश्यमा सुदीप बरालले भिडियोको छायाँकन गरेका हुन् । भिडियोलाई ध्रुबराज पराजुलीले सम्पादन गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *