नेपाली काँग्रेसका भातृ संघहरुको पदावधि ६ महिना थपियो
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका म्याद सकिएका भातृ संघहरुको म्याद थपिएको छ। नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामांग संघ र नेपाल ठाकुर समाजको पदावधि थपिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनले यी संगठनहरुको पदावधि सकिएकाले आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन हुने गरी ६ महिनाका लागि म्याद थपिएको जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment