देउवाले भातृ संस्थाको म्याद थपेपछि नेता पौडेलको प्रतिक्रियाः निर्लज्ज काम भयाे
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न भातृ संंघको पदावधि थप्ने निर्णय गरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाएका छन्। देउवाले शुक्रबार पदावधि सकिएका विभिन्न ९ वटा भातृ संस्थाको म्याद ६ महिनाका लागि थपेका थिए।
आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी म्याद थपिएको छ। यो विषयमा प्रतिक्रिया दिँदै नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले केन्द्रीय महाधिवेशन प्रक्रिया सुरु भैसकेको अवस्थामा म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदैछ। लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू, गम्भीर हुनुहोस्।
https://www.facebook.com/RCPaudelNepal/posts/3464496656915074
No ads found for this position

डिसी नेपाल
Facebook Comment