गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

डिसी नेपाल
१७ साउन २०७७ १:०५

काठमाडौं। गुल्मीको रुरुक्षेत्रमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार राती सामाजिक सञ्जालमाफर्त रुरुक्षेत्रको आँटीपाटामा बिना माझी र ३ नाबलक सन्तानको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेका छन्।

ृउनले लेखेका छन्, ‘अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीको रूरूक्षेत्र ५ आँटीपाटामा विना माझी र ३ नावालक सन्तानको भर्खरै निधन भएको खबरले दुखित भएको छु। उद्धार कार्यमा जुट्न जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र युवा साथीहरुलाई आग्रह गर्दछु।’

घटनाबारे थप विवरण भने प्राप्त गर्न सकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *