मलेसियामा नेपाली सुरक्षागार्ड कुटिएको घटनास्थल प्रहरीले फेला पार्‍यो

डिसी नेपाल
१७ साउन २०७७ १०:१०

काठमाडौं। मलेसियामा नेपाली दावी गरिएका एक सुरक्षागार्ड कुटिएको घटनामा त्यहाँथित नेपाली दूतावासले प्रहरीमा उजुरी गरिसकेको छ । नेपाली दूतावासको उजुरीसँगै त्यहाँको प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । यही बीचमा क्वालालम्पुरको वाङसा माजु पुलिसका जिल्ला प्रमुख राजब अहद इस्माइलले स्थानीय र आम सर्वसाधारणलाई यस घटनाबारे आफूलाई कुनै जानकारी भए अगाडि आएर पुलिसलाई जानकारी दिन आग्रह गरेका छन् ।

मले मेलको समाचार अनुसार इस्माइलले पीडितको तर्फबाट पुलिसलाई कुनै पनि उजुरी नआएको बताउँदै पुलिसले भने मलेसियाको कानुनको धारा ३२४ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । पुलिस अनुसन्धानको मध्यमै भएको जानकारी दिँदै इस्माइलले पुलिसले घटना भएको स्थानको भने पहिचान भएको बताए । इस्माइलका अनुसार घटना भएको स्थान वाङसा माजुको जलन मदरसामा रहेको एक सोसाइटीको कार पार्क हो । इस्माइलका अनुसार पुलिसले पीडित सुरक्षा गार्ड नेपाली र कुटपिट गर्ने व्यक्ति पाकिस्तानी भएको विश्वास गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *