‘मेरो सेयर’को नविकरण इसेवाबाट

डिसी नेपाल
१८ साउन २०७७ १७:२९

काठमाडौं । शेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् ।

यसअघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।

लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नविकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले जानकारी दिए ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम, सेयर कारोबारको भुक्तानीका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *