तीन दिनदेखि अमेरिकी डलरको मूल्य यथावत (सूचिसहित)

डिसी नेपाल
१९ साउन २०७७ ९:५६

काठमाडौं। तीन दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ। गत शनिबार ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य सोमबार पनि यथावत रहेको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार पनि अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४० पैसा रहेको छ। यस्तै, अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ रहेको छ।

यूरोपीयन यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा, विक्रिदर १४२ रुपैयाँ रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा, विक्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रीदर ८६ रुपैयाँ १५ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रीदर ३२ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा, विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५१ पैसा, विक्रीदर ३२ रुपैयाँ ६७ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ १६ पैसा, विक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *