विराटनगरमा अस्पताल भर्ना भएकै दिन कोरोना संक्रमितको मृत्यु
सांकेतीक तस्वीर
काठमाडौं। विराटनगरके कोशी अस्पतालमा एकजना कोराना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो र खोकीको समस्या भएपछि सोमबारै उनी अस्पतालमा भर्ना भएका थिए। सोमबार बिहान भर्ना भएका उनको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना परीक्षणका लागि संकलन गरिएको उनको स्वाबको परीक्षण नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ५८ पुगेको छ। नेपालमा पछिल्ला दिनहरुमा मृत्यु दर र संक्रमण दर पनि बढिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment