लगानी बोर्डको सीइओमा सुशील भट्ट नियुक्त

डिसी नेपाल
१९ साउन २०७७ २०:५७

काठमाडौं। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई सीईओमा नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सीईओ सिफारिस समितिले उनीसहित तीनजनालाई सिफारिस गरेको थियो। समितिले सिफारिस गरेको आधारमा सोमबार मन्त्रिपरिषद्ले भट्टलाई सीईओमा नियुक्त गरेको हो।

तत्कालनी सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि लगानी बोर्डमा सीईओ पद रिक्त थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *