लघुकथा समाजद्वारा सम्मान तथा पुरस्कारको घोषणा

डिसी नेपाल
२३ साउन २०७७ ६:५०

काठमाडौं। लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ तथा ‘धनमान लघुकथा पुरस्कार’को घोषणा गरेको छ।
वुधबार साँझ बसेको समाजको अनलाईन बैठकले ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान २०७७ ’बाट साहित्यकार विजय सागरलाई सम्मानित गर्ने निर्णय गरेको छ।

त्यसैगरी ‘धनमान लघुकथा पुरस्कार २०७७’ साहित्यकार दिव्य गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ। मोफसलमा रहेर पनि साहित्यकार विजय सागरले विगत पाँच दशकदेखि साहित्यको सेवा गर्दै आएका छन्। दिव्य गिरी पनि विगत लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्।

लघुकथा समाजले उक्त सम्मान तथा पुरस्कार आउँदो भदौ ५ गते १२औं लघुकथा दिवसका दिन प्रदान गर्नेसमेत जानकारी गराएको छ। समाजले हरेक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रुपमा मनाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *