अवैध कपडा बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बाट शनिबार बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतीय बजार बसहीबाट अवैधरूपमा ल्याउँदै गरेको कपडा अमताल नजिकको जमुनाघारीबाट बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी आनन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश विष्टले दुई साइकलमा राजश्व छलेर भारतबाट ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको बताए। सशस्त्र प्रहरीको टोली देखेपछि तस्करहरु भने साइकलसहित कपडा छाडेर फरार भएका छन् । यसअघि पनि सशस्त्र र जनपद प्रहरीले अवैध समान बरामद गर्दै आएको छ । बरामद कपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाइने बताइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो