बलिउड अभिनेता संजय दत्त विरामी, अस्पतालमा भर्ना

डिसी नेपाल
२४ साउन २०७७ २३:२१

नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेता संजय दत्त विरामी भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार बेलुका उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ। उनलाई स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाएको छ।

तर, संजयको कोरोना परीक्षण भने नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। संजय दत्त पछिल्ला दिनहरुमा एक्लै बस्दै आएका छन्। उनकी श्रीमती र छोरी दुबईमा रहेका छन्। कोरोनाकालभन्दा अगाडि दुबई गएका उनीहरु लकडाउनका कारण उतै रोकिएका छन्।

कोरोना नभएकाले संजय छिटै अस्पतालबाट डिस्चार्ज हुनसक्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *