खोलामा खस्दा दुई बालक बेपत्ता

डिसी नेपाल
२४ साउन २०७७ २३:३१

झिमरुक। साइकलबाट खस्दा प्युठानको माडीखोलामा शनिबार दुई बालक बेपत्ता भएका छन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएका हुन् ।

उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *