पार्टीलाई एकतावद्ध बनाउन भन्दै नेकपाका ६१ सांसदको भेला

डिसी नेपाल
२५ साउन २०७७ १६:०४

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सो पार्टीका पाँच दर्जन सांसदहरुले पार्टी एकतामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति नदिने घोषणा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहका ६१ जना सांसदले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुले पार्टी एकतामा असर पुग्ने गरी सार्वजनिक अभिव्यक्ति नदिने बताएका हुन्। उनीहरुले पार्टी विभाजन हुन नदिन नेतृत्वलाई दबावसमेत दिने भएका छन्।

उनीहरुले पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधलाई मुर्त वा अमुर्त रुपले पक्ष र विपक्षमा अभिव्यक्ति नदिने उनीहरुले जनाएका छन्।

‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरूलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक संजाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौँ र त्यस प्रकारका पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिवद्ध छौँ,’ प्रतिवद्धपत्रमा भनिएको छ।

‘यसअघि हाम्रो पार्टीभित्र रहेका विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहहरुसँगै विभक्त भएपनि तत्कालका लागि एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकतावद्ध बनाउने सामुहिक पहलकदमीमा प्रतिबद्ध छौं,’ प्रतिवद्धपत्रमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *