काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२५ साउन २०७७ १६:३३
4
Shares

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा तीन जिल्लामा थप ९२ जनामा कोरोना पुष्टि भएको हो।

आज काठमाडौं जिल्लामा मात्रै ९० जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ जना गरी थप ९२ जनामा कोरोना देखिएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन्।

उपत्यकामा शनिबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आज देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *